नेपाली जनता
परियोजनाहरुमा संलग्न र तिन्बाट प्रभावित हुने आम नेपाली जनता नै बैंकको सबैभन्दा महत्वपर्ूण्ा विकास-साझेदार हुन् । परियोजनाहरुबाट प्रभावित चाहे ती कुनै नागरिक समाजसंग सम्बद्ध संस्थाका सदस्य हुन् वा ब्यक्तिगत रुपमै किन नहुन्, तिनीहरुको विचारको र्सवाधिक महत्व छ । उनीहरुको सहयोग र स्वामित्वभावको अभावमा परियोजनाहरु शुरु हुनुअघि नै असफल हुन्छन् भन्दा पनि अत्युक्ति हुने छैन । आफ्नो योगदानबाट उनीहरुले आफ्ना आवश्यकताअनुरुपको नेपालको विकास गर्न सक्तछन् भने तिन्का सन्ततीहरुले चाहेअनुरुप आफ्नो भविष्य सुरक्षित गर्न टेवा पुग्नजाने कुरामा शंका छैन् ।
बैंकको काठमाडौंस्थित कार्यालयले संस्थागत बिकेन्द्रीकरण गरी देशभर जिम्मेवारीहरु सुम्पिने क्रम चलाइरहेको अहिलेको समयमा यस कार्यालयको भूमिका अझ बढ्न गएको छ । सन् १९९७ सेप्टेम्बर देखि नै नेपालका लागि बैंकका निर्देशक र बैंकको कन्टूी टीम स्थायी रुपमा काठमाडौं मै रहन थालेका छन् । यसरी स्रोत तथा जिम्मेवारीहरु नेपालमा आएपछि कामको गति र लचकता बढेको मात्र होइन विकास रणनीतिहरुको तर्जूमा, परियोजनाहरुको तयारी र अध्ययन-अनुसन्धानका कार्यहरुमा बढ्दो संख्यामा नेपालीहरुले सहभागी हुने मौका पाएका छन् ।
विकासका सूचनाहरुको प्रचार-प्रसार तथा विश्लेषणमा आमसंचार माध्यमलाई विकासको महत्वपर्ूण्ा मुखपत्रको रुपमा मानिएको छ । जनआवश्यकता, दायित्व तथा पारदर्शीतासंग विकासको अन्तर-सम्बन्धलाई बुझेर विश्व बैंकले अहिले विकासशील विश्वका सबै क्षेत्रमा संचारकर्मीहरुका लागि अध्ययन तथा तालीम कार्यक्रम संचालन गर्ने गरेको छ । नेपालमा पनि विश्व बैंकले पत्रकारहरुलाई आफ्नो वातावरणको गतिशील परिवर्तनलाई आत्मसात गर्नका निमित्त अर्थशास्त्र र वाणिज्यसम्बन्धी विषयहरुमा अध्ययन-तालीम दिने ब्यवस्था मिलाएको छ । बैंकका कर्मचारीहरुले पत्रकारहरुसंग पनि बैंकका कार्यहरुका बारेमा नियमित रुपमा विचार-विनिमय गर्ने गरेका छन् । यस अतिरिक्त, बैंकको काठमाडौंस्थित कार्यालयले त्रैमासिक पत्रिका प्रकाशन गर्नुका साथै नेपालमा बैंकको सहयोगमा संचालित गतिविधिहरुबारे सूचना तथा जानकारी दिने उद्देश्यले र्सार्वजनिक सूचना केन्द्र र वेव-साइटको स्थापना गरेको छ ।
सन् १९९९ मा बैंकले नेपालका लागि आफ्ना सहायताहरुमा स्थानीय संलग्नता जुटाउने महत्वपर्ूण्ा कदम चालेको थियो । विकास र विश्व बैंकको भूमिकाको सर्न्दर्भमा नेपाली नागरिकहरुको आवश्यकता, अपेक्षा र चिन्ताबारे छलफल गर्न बैंकले देशभर श्रृंखलावद्ध रुपमा अन्तरक्रिया कार्यक्रमहरु संचालन गरेको थियो । ती कार्यक्रमहरुमा सबै तहका सरकारी अधिकारीहरु, ग्रामीण संघ-संगठन, कृषक समुदाय, महिलावर्ग, गै.स.स., पत्रकार तथा बुद्धिजीविवर्गलगायत करीव १००० जना सहभागी भएका थिए । विश्व बैंकले नेपालको विकासका लागि आउँदा ३ वर्षा निमित्त तयार पारेको सहायता रणनीतिको समष्टीगत योजना तर्जूमा गर्दा ती अन्तरक्रिया कार्यक्रमका निचो८हरुमा विशेष ध्यान पुर्याएको थियो । यस्तै पहिलो पटक सहायता रणनीतिको पर्ूण्ा पाठ पनि र्सार्वजनिक गरिएको
थियो ।
|