विकास कार्यहरुलाई समुचित र प्रभावकारी ढंगले संचालन गर्नका लागि बहुपक्षीय बाह्य दातृढसंस्थाहरुको समन्वय र सहयोग नितान्त आवश्यक छ । यसरी विविध दातृढसंस्थाहरुको विशिष्टता र अभिरुचिका आधारमा तिन्का स्रोत तथा व्यापक अनुभवलाई खासढखास क्षेत्रहरुमा प्रभावकारी ढंगले उपयोगमा ल्याउन सकिनेछ । त्यसभन्दा पनि महत्वपर्ूण्ा कुरा, समन्वयात्मक दातृढसहायता नेपाली जनताको आवश्यकता, मान्यता र प्राथमिकताअनुरुप नेपालको समग्र विकासलाई सुनिश्चित गर्नेतर्फकेन्द्रीत हुनु वान्छनीय छ ।
हालै काठमाडौस्थित विकास संस्थाहरुले आफुलाई १२ वटा कार्यगत मूल समूहमा विभाजित गरेका छन् । सरकारी अधिकारीहरु समेतको सहभागितामा यस्ता समूहले एक आपसमा नियमित रुपमा सूचना तथा अनुभवको आदानढप्रदान गरी समन्वयात्मक क्षेत्रगत कार्यक्रम र परियोजनाहरु तर्जूमा गर्ने
गर्दछन् ।
संयूक्त राष्टूसंघीय विकास कार्यक्रम/नेपाल र विश्व बैंकले संयूक्त रुपमा काठमाडौंस्थित दातृढसंस्थाहरुको विस्तारित तथा नियमित बैठकहरुको अध्यक्षता गर्ने गरेका छन् । यस अतिरिक्त, विश्व बैंकले प्रायः १८ महीनाको अन्तरालमा आयोजना हुने नेपाल विकास मञ्च -पहिले नेपाल सहायता समूह भनिने) को बैठकको अध्यक्षता गर्ने गरेको छ । यसरी विकासको वर्तमान अवस्था र भविश्यमा सहायताको दिशा कस्तो हुने हो भन्ने बारे पनि सरकारी प्रतिनिधिहरुसंग दातृ देश र संगठनका प्रतिनिधिहरुले छलफल गर्ने गर्दछन् ।